काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनले कसैले उल्टाउन नसक्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताएका छन् ।
बिहिबार बिहान प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र बाबुराम नेतृत्वको नयाँशक्तीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै कार्यवाहक प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचनले कसैले उल्टाउन नसक्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको दावी गरे ।
दाहालले भने, ‘भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, यसले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । अब कसैले यो उपलब्धि उल्टाउन सक्दैन । तपाईहरु जसरी माओवादी केन्द्रमा आउनुभएको छ, परिवर्तनका मुद्दाहरु संस्थागत गर्न र देशको समृद्धिका लागि तपाईहरुको ठूलो योगदान रहनेछ, म यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछु ।’
कार्यक्रममा दाहालले नयाँशक्तीका डा. चेतकुमारी गुरुङ, डा.चन्द्र लक्जम्बा र विप्लव नेतृत्वको नेकपाका नेता टिआर खम्बुसहितका तीन दर्जन नेताहरुलाई माओवादीमा प्रवेश गराएका थिए ।