चितवन/चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनामा माओवादी केन्द्र र नेपाली कांग्रेसकी संयुक्त उम्मेदवार रेणु दाहालले मत अन्तर घटाएकी छिन् ।
पछिल्लो मत परिणाम अनुसार अग्रता कामय गरिरहेका नेकपा एमालेका देवी ज्ञवालीले ३१ हजार ३७ मत पाएका छन् भने रेणुले २९ हजार ४ सय १ मत पाएकी छिन् ।
मंगलबार साँझसम्म करिब ३८ सय मतअन्तरले पछि परेकी रेणुले बिहीबार बिहानै देखि आफ्नो मत अन्तर निरन्तर घटाइरहेकी छिन् । उनी अहिलो एमालेका देवी ज्ञवाली भन्दा १६ सय ३६ मतले पछि छिन् ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाहले ३२ हजार ७ सय ४ मत पाएकी छिन् भने एमालेकी दिव्या शर्माले २७ हजार ८ सय २९ मत पाएकी छिन् ।