उत्तर प्रदशेका मुख्यमन्त्री योगी आदित्यनाथले सस्तोमा भोजन गराउने योजना सार्वजनिक गरेका छन् ।उनको रेखदेखमा अन्नपूर्ण भोजनालयले बिहानीको खाना तीन भारुमा अनि दिउँसो र बेलुकीको खाना पाँच पाँच भारुमा खुवाउने भएको छ ।पाँच रूपैया भारू नेपाली अाठ रूपैया हुन्छ । जम्मा १३ भारुमा मान्छेले पोहा, दलिया, पकौडा र चिया बिहान अनि रोटी, सब्जी, दाल र भात दिउँसो र बेलुका खान पाउनेछन् । अधिकारीहरूले अहिले यसको योजना बनाएका छन् तर यसलाई शुरु गर्नुअघि अझै यसमा सुधार आवश्यक देखिन्छ । यस्ता अन्नपूर्ण भोजनालयहरू राज्यभरि २०० वटा खोल्ने योजना छ । उत्तर प्रदेशको राजधानी लखनउमा अन्तबाट काम गर्न आउने मजदुरको हितका लागि यसको उपयोग गरिनेछ । विशेषगरी पूर्वी उत्तर प्रदेश र नेपालको तराईबाट त्यहाँ गएका कामदार लाभान्वित हुनेछन् । उत्तर प्रदेशमा कसैले पनि भोकै सुत्न नपरोस् भनेर योगीले गरीबका लागि भोजनालय शुरु गराएर अति सस्तो दाममा खुवाउने योजना बनाएको भनी इन्डिया टुडेले रिपोर्ट लेखेको छ । एजेन्सी