हेटौँडा/ हेटौँडा उपमहानगरपालिका– ९ र १० मा नेकपा -एमाले) विजयी भएको छ ।
वडा नं ९ को वडाध्यक्षमा एमालेका लक्ष्मणप्रसाद भण्डारी एक हजार ६७० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विश्वराज नेपालले ७९१ मत प्राप्त गरे । सो वडामा एमालेको पुरै समूह विजयी भएको छ ।
यस्तै सो उपमहानगरपालिकाको वडा नं १० को वडाध्यक्षमा पनि एमालेका कितापसिंह लामा ४८० मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कालु घलानले ४८० मत प्राप्त गरे ।
हेटौँडा उपमहानगरपालिकाको १९ मध्ये १८ वटा वडाको मतगणना सकिएको छ । अहिले वडा नं ११ को मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नगर प्रमुखमा एमालेका हरिबहादुर महतले २१ हजार ५९३ तथा काँग्रेसका आनन्दराम पराजुलीले २१ हजार ८८ मत प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा एमालेकी मीना लामाले २१ हजार ७९० तथा माओवादी केन्द्रका बलराम बलले १५ हजार ९०२ मत प्राप्त गरेका छन् ।
रासस