प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न चार बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । हिजो संसद्‍मा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर, संसद् बैठक स्थगित भएपछि आज सिंहदरबारबाट राष्ट्रको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।