रुपन्देही/ रुपन्देहीमा बालविवाहको आरोपमा चारजना पक्राउ परेका छन् । रोहिणी गाउँपालिका-७ का रुमछली मल्लाह र सञ्जयकुमार मल्लाहलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले १४ वर्षकी बालिकालाई करकापमा पारेर विवाह गरिदिएको आरोप छ । रुपछली बालिकाकी आमा र सञ्जय दाइ रहेको प्रहरीले बताएको छ । त्यस्तै समरीमायी गाउँपालिका-१ बस्ने १२ वर्षकी बालिकालाई समरीमायीकै छोटे भन्ने पवनकुमार कहारसँग जबरजस्ती विवाह गराएको आरोपमा पवनसहित उनका बाबु सुग्रीम कहारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।