धरान/आफ्नै कोठामा बोलाएर युवतीमाथि जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सिजुवा–८ घर भएका २९ वर्षीय राजेन्द्र पोखरेल र विराटनगर घर भएका २४ वर्षीय अग्रज चौधरी छन् । दुवै जनाले काठमाडौंको कलंकीस्थित कोठामा बोलाएर युवतीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । पोखरेलले रामेछाप बेथान–५ स्थायी घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २० वर्षे एक युवतीलाई बलात्कार गरेका प्रहरीले जनाएको छ । चुनाबको दिन उनले बलात्कार गरेको जाहेरी प्रहरीमा परेको छ । यसैगरी चौधरीले पनि जेठ १ गते ती महिलालाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भनी जेठ ७ गते प्रहरी वृत्त कालिमाटीमा उजुरी परेको थियो । प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ