धरान/पूर्वकै धेरै नगरपालिका भएको सुनसरी जिल्लामा मतदाताहरुको संख्याका विषयमा दलहरुबीच जोडघटाउ सुरु हुन थालेको छ ।

आखिर कति छन् त ? सुनसरीमा मतदाता संख्या । मतदाताहरु आफै पनि अनभिज्ञ छन् भने राजनीतिक दलहरु पनि जिल्ला स्थित निर्वाचन कार्यालयहरुमा मतदाता संख्याको लिष्ट लिन पुग्ने गरेका छन् । निक्कै चासोका साथ हेरिएको सुनसरीमा दुई उपमहानगरसहित चारवटा नगरपालिका र सातवटा गाउपालिका छन् । जसमा कुल मतदाता संख्या ४ लाख २१ हजार १५९ जना मतदाताहरु रहेका छन् ।
यो संख्यामा मतदाता रहेको सुनसरीमा कस्ले बाजी मार्ला त्यो पनि निक्कै चासोका साथ हेरिएको छ ।
र, जनतामा कौतुहलतासमेत बढेको छ । सरकारले दोस्रो चरण अन्तर्गत १, २, ४, ५ र ७ नम्बर प्रदेशमा निर्वाचन गर्ने मिति तय गरेलगत्तै मतदाताहरुमा पनि उत्सुकता बढेको छ । अझ पहिलो चरणको तीनवटा प्रदेशमा निर्वाचन सम्पन्न भएकाले पनि मतदाताहरु उत्सुक छन् । पहिलो चरणको निर्वाचन सम्पन्न भएको क्षेत्रमा निर्वाचन आयोगले ७० प्रतिशत मत खसेको अनुमान गरेको थियो ।
अव त्यसो हो भने सुनसरीको धरान, इटहरी उपमहानगर भएको जिल्ला मात्रै नभई इनरुवा, दुहवी, रामधुनी भासी र बराहक्षेत्र नगरपालिका छन् । जसमा जनचासो एकदमै छ । सर्वाधिक चासोको धरानमा ७९ हजार २ सय ८२ जना मतदाता संख्या रहेको छ भने इटहरीमा ५६ हजार ९ सय ७९ जना मतदाता रहेका छन् । त्यस्तै अन्य नगरपालिकाहरुमा इनरुवामा ३५ह जार २ सय ४५ जना छन् । दुहवीमा ३० हजार ६ सय ७२ जना, बराह नगरपालिकामा २२ हजार २ सय ५७ जना छन् भने रामधुनी नगरपालिकामा ३० हजार ३ सय ५६ जना मतदाता रहेका छन् । नगरपालिकाहरुमा सबैभन्दा कान्छो नगरपालिका बराहक्षेत्रमा मतदाताको संख्या एकदमै कम छ ।
त्यस्तै गाउँपालिकाहरुमा कोशीमा २२ हजार ४ सय ३०, गढीमा १९ हजार ६ सय ४६ जना, देवानगञ्जमा १९ हजार ५ सय ४५ जना, बर्जुमा १८ हजार ६ सय ५४ जना, भोक्राहामा १८ हजार ८ सय ८३ जना र हरिनगरामा २० हजार ५ सय ६१ जना मतदाता संख्या रहेको निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । राजनीतिक दलहरु आ आफ्नो क्षेत्रका मतदाताहरुलाई जानकारी गराउनको लागि सबैले लिएर गइसकेको निर्वाचन कार्यालयका सूचना अधिकृत शान्तिबहादुर अधिकारीले बताए । ‘राजनीतिक दलहरुले आ आफ्नो लागि लगि हाल्नु भयो ।’ उनले फोनमा भने, ‘चासो भएका नागरिकहरुले पनि लाने क्रम जारी छ ।’ निर्वाचन कार्यालयले सुनसरीमा ७० देखि ७५ प्रतिशत मत खस्ने अनुमान गरेको छ । देशभरको आँकडालाई नै आधार मान्दै यहाँ पनि अनुमान गरिएको छ ।
कति छ धरानमा वडागत मत ?
धरानको १ देखि २० नम्बर वार्डहरुमा मतदाता संख्याहरु यस्ता छन् । १ वडामा २८३३, २ वडामा १९८३, ३ वडामा २६९५, ४ वडामा १८४३, ५ वडामा ४६६२, ६ वडामा ३९६०, ७ वडामा १७८५, ८ वडामा ६३४४, ९ वडामा २१७१, १० वडामा ३०५२, ११ वडामा ७४९५, १२ वडामा २३६५, १३ वडामा ४७५३, १४ वडामा २३६८, १५ वडामा १०५७७, १६ वडामा ६५१०, १७ वडामा ६८९८, १८ वडामा १७६४, १९ वडा ३०९४, २० वडामा २१३० रहेका छन् । |
पूर्वको यस्तो छ मतदाता
पूर्वाञ्चलमा ३३ लाख ३७ हजार ६ सय २१ जना मतदाता रहेका छन् । मोरङमा ५ लाख ६३ हजार ८ सय ७० जना मतदाता रहेका छन् । झापामा ५ लाख १० हजार २ सय १६ रहेको छ । सुनसरीमा मतदाताको संख्या ४ लाख २१ हजार १ सय ५९ जना रहेका छन् ।
सिराहामा ३ लाख ३१ हजार ५ सय ९६ छन् । त्यस्तै सप्तरीमा ३ लाख ३१ हजार ४ सय ६२ जना इलाममा १ लाख ८९ हजार ७४, उदयपुरमा १ लाख ७५ हजार ४ सय ६१, ओखलढुंगामा ९१ हजार ५ सय ८, खोटाङमा १ लाख १५ हजार ६ सय ४४, ताप्लेजुङमा ७० हजार ७ सय ७८, धनकुटामा ९५ हजार ३ सय ६७, पाँचथरमा १ लाख १६ हजार ६ सय २६, भोजपुरमा १ लाख ५ हजार ५ सय ५३, संखुवासभामा ९६ हजार ६ सय ५७, तेह्रथुममा ६० हजार ७ सय ४ र सोलुखुम्बुमा ६१ हजार ७ सय ४६ जना मतदाता रहेका छन् ।