
सुर्खेत/ कालीकोटबाट सुर्खेत आउँदै गरेको प्रहरी सवार गाडी दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । २५ प्रहरी घाइते भएका छन् ।
सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत वीरेन्द्रनगर–१४ साउनेपानीमा ना १ ग ४७६ नम्बरको वान टन ९मिनी जीप० मंगलबार विहान दुर्घटना भएको हो ।
जिप अनियन्त्रित हुँदा घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रुकुम घर भएकी प्रहरी जवान तारा चन्द भएको प्रहरीले जानकारी दिएको छ ।
जिप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी पोष्ट छेडाका ट्राफिक प्रहरी गोपाल बोहराले जानकारी दिनुभयो ।
दुर्घटनामा अन्य घाइतेहरुको वीरेन्द्रनगरको देउती हस्पिटल र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।