भनिन्छ, सुन्दरता देख्नेहरुको आँखामा हुन्छ । तर, केही सुन्दरता यस्तो पनि हुन्छ जसले सबैलाई आकषिर्त गर्दछ । सर्वश्रेष्ठ प्राणी मानिने मानिस त सुन्दरताको भोको नै हुन्छ । त्यसमा पनि महिलाहरु बढी सुन्दर हुन्छन् भने पुरुषहरु सुन्दरताप्रति वढी आकर्षित हुन्छन् । दुनियामा सबैभन्दा सुन्दर महिला कहाँ बस्छन् ? यसको उत्तर फरक फरक होला । तर यहाँ जुन महिलाहरुको बारेमा कुरा गरिँदैछ, उनीहरु साँच्चीकै दुनियाका सबैभन्दा सुन्दर महिला हुन् जो कहिल्यै बृद्ध हुँदैनन्, रोगी हुँदैनन् । बुढ्यौली उमेरको प्रभाव पर्दैन उनीहरुमा अनि डेढ सय वर्षसम्म बाँच्दछन् । उत्तरी पाकिस्तानको काराकोरम पहाडको हुन्जा उपत्यकामा बस्ने हुन्जा समुदायका महिलाहरु दुनियाकै सबैभन्दा सुन्दर महिला हुन् भन्दा फरक पर्दैन । यो समुदायका महिलाहरु वास्तवमै निके सुन्दर छन् र उनीहरुको सुन्दरताको चर्चा दुनियाभर हुन्छ । हुन्जा समुदायका मानिसहरु सबैभन्दा लामो आयु भएका, खुसी, सुखी तथा स्वस्थ मानिसको रुपमा मानिन्छ । यो समुदायका मानिसहरु कहिल्यैपनि बिरामी हुँदैनन् । यो समुदायका मानिसमा कसैलाई पनि क्यान्सर छैन र यो समुदाय क्यान्सर प्रतिरोधी भएको ठानिएको छ । यो समुदायका महिलाहरु १ सय ६० वर्षसम्म मज्जाले बाँच्छन् । यहाँको औषत आयु नै १२० वर्ष छ । यहाँ ६५ वर्षका महिलाले समेत बच्चा जन्माउँछन् । हुन्जा समुदायले आफुलाई सिकन्दरका सेनाका सन्तान मान्दछन् । चौथो सताब्दीमा उनीहरु त्यहाँ आएका हुन् । यो समुदायका मानिसको सुन्दरता र स्वास्थ्यको प्रमुख कारण उनीहरुको खाना नै हो । उनीहरु धेरै मात्रामा ओखर खान्छन् । सागपात, फलफूल, दुध, अण्डा जस्ता पौष्टिक पदार्थ पनि उनीहरुले प्रसस्तै खान्छन् । जिउलाई स्वस्थ राख्नका लागि वर्षको समग्रमा २–३ महिना त उनीहरुले अन्न नै नखाई बस्छन् र केवल जुस मात्र पिउने गर्छन् । एजेन्सी