धरान/लागूऔषधसहित बेलबारीका एक युवा मोरङको निमुवामा पक्राउ परेका छन् । [caption id="attachment_41214" align="alignnone" width="692"] फाइल तस्बिर[/caption] मोरङको बुढिगँगा गाँउपालिका–४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट मोरङ प्रहरीले बेलबारीका १८ वर्षीय निर्मल गुरुङलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले एभिल ९ एम्पुल, डाईजेल्याप ९ एम्पुल, र लुपिजेसिक ९ एम्पुल बरामद गरेको छ । पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय निमुवा मोरङमा राखी थप अनुसन्धान भइरहेको छ ।