धरान/केही नगरपालिका तथा उपमहानगर र महानगरबाहेक अन्य सबै स्थानको मतगणना अव अन्तिम चरणमा पुगेको छ ।   तीनवटा प्रदेश अन्तर्गत २ सय ८३ स्थानमा भएको चुनावको २ सय ४५ स्थानको स्थानीय तहको मतगणना सकिदा एमालेले नै बर्चश्व कायम गरेको छ । यता कांग्रेसले पछ्याइरहेको छ । हालसम्मको परिणामका अनुसार एमालेले सतक पूरा गरिसकेको अवस्था छ भने कांग्रेस पनि पुग्ने क्रममा छ । अग्रताको हिसावले एमालेले १२० कटाउने अवस्था छ । कांग्रेसको भने ११५ माथि पुग्ने अवस्था देखिएको छ । माओवादी केन्द्रको हालसम्मको परिणाम र अग्रताअनुसार उसको ५० सिट पनि नपुग्ने संकेत छ । तर पनि २०७० को दोस्रो संविधान सभाको चुनाव भन्दा सुधार गरेको स्थिति छ । उपप्रमुखमा एमालेले प्रमुखभन्दा बढी सिट जितिसकेको छ । प्रमुख पदमा टक्कर भएपछि उपप्रमुखमा एमाले र कांग्रेसबीच फराकिलो अन्तर छ । यो चुनावबाट तीन ठूलाबाहेक स्थानीय चुनावको प्रमुख पदमा अन्य तीनवटा दलको उपस्थिति देखिएको छ । राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले एक÷एक स्थानमा प्रमुख जितेका छन ।