ताप्लेजुङ /नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पाटिले ताप्लेजुङका गाउँपालीकाको बोड धमाधम फाल्न थालेको छ ।

गएराति मात्र फक्ताङलुङ गाउँपालीका र आठराई त्रिवेणी गाउँपालीकाको कार्यालयमा राखिएको बोड तोडफोड भएको हो ।
फक्ताङ्लुङ गाउँपालीकाको कार्यालयमा राति करीब दुई बजे दुईजनाको संख्यामा आएका व्याक्तिले कार्यालयको बोर्ड निकाली काटेर खोल्सामा फालेको सो गाउँपालीकाका प्रमुख रामसुन्दर थापाले जानकारी दिए ।
आफु कार्यालय प्रमुखको बैठकमा सदरमुकाम आएको समयमा सो घटना भएको उनले बताए । बोर्ड काटेर फाल्ने बाहेक कार्यालयमा अन्य घटना भने नभएको बताइएको छ ।
साँझ खेजेनिमबाट दुईजना युवक कार्यालय नजिकैको साविकको तापेथेक बजारमा लाईट किन्न आएको र लेलेप जाने भनि हिडे पनि राति उनिहरुनै आएर तोडफोड गरेको हुन सक्ने स्थानियले बताएका छन् ।
उता आठराई त्रिवेणि गाउँपालीकाको पनि बोड फालिएको स्थानियले बताएका छन् । फक्ताङ्लुङ गाउँपालीका क्षेत्रमा विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटिको प्रभाव भएको र उनिहरुले सो क्षेत्रलाई निर्वाचन निसेधित क्षेत्र घोषणा गरेकाले सो घटनामा उनिहरुकै संलग्नता भएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि रामबहादुर केसीले बताए ।
आठराई त्रिवेणि गाउँपालीकाको घटना बुभ्mन प्रहरी जाँदै गरेकाले घटनाको विवरण आउन बाँकि रहेको उनको भनाइ छ । फक्ताङ्लुङको घटनामा संलग्नको हुलिया प्राप्त भएकाले खाजिकार्य जारी रहेको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि केसीले बताए ।
यसैविच नेपाल कम्युनिष्ट पाटि ताप्लेजुङका ईन्चार्ज आसीसले फक्ताङ्लुङ र आठराई त्रिवेणि गाउँपालीका लगायत सबै स्थानको बोड आफुहरुकै संलग्नलामा फालिएको बताए ।
हामि सँग कुरा गर्दै उनले आफुहरुको कार्यक्रम अन्तर्गतनै सो काम भएको दाबी गरे । फुङ्लिङ नगरपालीकाको कार्यालयमा समेत आफुहले रातिनै बोर्ड झुण्डाए पनि विहान प्रहरीले झिकेको उनको दाबी छ । यता डिएसपि केसीले नगरपालीकामा भने कुनै घटना नभएको बताए ।