धरान/स्थानीय तहको पहिलो चरणको निर्वाचनको नतिजा आउने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार  एमाले अग्रस्थानमा रहेको छ ।   एमालेले ८५ स्थान जितेको छ । त्यस्तै नेपाली कांग्रेसले ७९ र माओवादी केन्द्रले ३८ स्थानमा जित हात पारेको छ । सर्वाधिक चर्चा रहेको काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकाहरुमा अहिले पनि एमाले कै उम्मेद्वारहरुले अग्रता कायम गरिरहेका छन् । यो समाचार तयार पार्दासम्मको परिणाम अनुसार काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्यले ५८५० मत, कांग्रेसका राजुराज जोसीले ३५२१ मत र माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ४९४ मत ल्याएका छन् । त्यस्तै पोखरामा एमालेका मानबहादुर जिसीले ९४४९ मत, कांग्रेसका रामजी कुवरले ९१३१ मत र राप्रपाका गीता गुरुङले १२८ मत ल्याएका छन् । त्यस्तै सर्वाधिक चासोको साथ हेरिएको भरतपुरमा एमालेका उम्मेद्वार देवी ज्ञवालीले ७३७४ मत, प्रचण्ड पुत्री रेणु दाहालले ५७३४ मत प्राप्त गरेका छन् । भरतपुरमा र पोखरामा कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेको हो ।