काठमाडौँ/राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीको अनुपस्थितिमा सेनाका बलाधिकृत रथी बलदेवराज महतलाई कामु प्रधानसेनापति ताेकिएका छन् । प्रधानसेनापति क्षत्री यही जेठ ३ देखि १२ गतेसम्म अमेरिका भ्रमणमा रहनुहुने भएकाले मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले महतलाई कायममुकायम मुकरर गरेकाे राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिए । रासस