इटहरी/नेपाली चलचित्रका विभिन्न संघसंस्थाहरु आफ्नै भवन नभएर भाडामा कार्यलय संचालन गर्दै आएका छन् । विभिन्न संघ संस्थाले आफ्नै भवन बनाउने चर्चा चलेपनि त्यो काम सुरु भने हुन सकेको छैन ।

तर, हल संचालकहरुको छाता संगठन नेपाल चलचि संघले भने इटहरीमा नयाँ भवन बनाउने भएको छ । संघको आफ्नै भवन काठमाण्डौको विशालनगरमा छ ।

अब, संघले शाखा विस्तार गर्दै इटहरीको आइतबारेमा नयाँ भवन बनाउन लागेको हो । २ तलाको शो भवनको चलचित्र संघका पूर्व अध्यक्ष राजकुमार पोखरेल, संघका अध्यक्ष प्रदिप कुमार उदय र पूर्वाञ्चल सभापति चैतन्य बरालले शिलन्यास गरेका थिए ।

एक बर्षमा शो भवन निर्माण गरिसक्ने योजना संघको छ । यस्तै, चलचित्र संघले पूर्वाञ्चल भेला पनि सम्पन्न गरेको छ । भेलाले नेपाल चलचित्र संघको हितका लागि एक भएर लाग्ने निर्णय गरेको छ ।

अनलाइनखबरबाट