काठमाडौं/ भनिन्छ पुरूषकाे सफलताकाे पछि महिलाकाे हात हुन्छहाँस्यव्यङ्ग्य क्षेत्रका चर्चित कलाकार मनोज गजुरेलको जिवनसँग ठ्याक्कै मिल्छ याे भनार्इ ।  नेपाली हाँँस्यव्यङ्ग्य क्षेत्रमा निकै राम्रो छवि बनाएका छन् । राजा ज्ञानेन्द्रको शासनकालमै उनको हुबहु क्यारिकेचर गरेर निकै चर्चामा आएका मनोज गजुरेलले पहिलो पटक प्रचण्ड सार्वजनिक भएकै बेला प्रचण्डको क्यारिकेचर गरेर सबैलाई चकित पारेका थिए । उनी अन्य कलाकार भन्दा फरक व्यक्तित्वको पहिलो पटक गेटअपसहित हाउभाउ र बोलिचाली मिलाउन खप्पिस छन् । उनले गरेका क्यारिकेचरहरुमा पछिल्लो समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भेष सबै भन्दा चर्चित गेटअप हो । उनले दर्जनौ ख्याती प्राप्त व्यक्तित्वहरुको क्यारिकेचर गरेर नै लाखौँ प्रशंसकहरु बनाएका छन् । मनोज हाँस्यव्यङग्य अर्थात व्यवसायिक जीवनमा जति सफल भएका छन् त्यति नै व्यक्तिगत जीवनमा पनि सफल भएका छन् । उनले जीवनमा पाएको सबैभन्दा ठूलो खुशी हो श्रीमती मीना । उनले जसलाई चाहे त्यसैलाई पाए ।उनका प्रेम र वैवाहिक प्रसंग यस्ताे छ । ब्लफ कलबाट लव कल हुँदै विवाह सम्म पुगेका गजुरेल जे छन् श्रीमतीकाे साथलार्इ मान्छन्।  मनोजले फेशन डिजाइनर मीना ढकालसँग विवाह गरेका हुन् । २०५२ सालमा पहिलो पटक भेट भएर एक अर्काको प्रेममा केही समय रमाएपछि मनोज र मीनाले २०५३ सालको वैशाखमा लगनगाँठो कसेका थिए । पहिलो भेट र प्रेम प्रसंगका बारेमा मनोज भन्छन्, ‘मैलै उनलाई देखेपछि उनी मलाई मन पर्न थाल्यो । काठमाडौंको पुतली सडकमा मेरो पसल थियो र उनी मेरो पसल अगाडिको अफिसमा काम गर्थिन् । अनि मैलै उनको अफिसको नम्बर पत्ता लगाएर ब्लफ कल गर्न थालेँ । झण्डै दुई महिना चल्यो यो प्रक्रिया । अनि पछि हामीले भेटघाट गर्यौँ । मैलै उनलाई गर्ने ब्लफ कल, ब्लफ नभयर लभ कल थियो ।’ मीना र मनोजले सामान्य तरिकाले गुहेश्वरी मन्दिरमा विवाह गरेका हुन् । खासमा मनोज गजुरेल उपाध्य बाहुन हुन् अनि मीना जैशी । यही कारण मनाजेकी आमाले मीनालाई सजिलै स्वीकार गर्न सकिनन् र विवाहमा पनि आइनन् । विवाहमा मनोजका केही साथीहरु र मीनाका केही आफन्तको मात्र उपस्थिति थियो । मीना नै मनोजकी डिजाइनर मीनाले नै मनोजका सबै ड्रेसहरु डिजाइन गर्छिन् । उनका अनुसार मनोज फेशनमा त्यति सारो ध्यान दिन्नन् । तर मीनाले उनलाई सकेसम्म हरेक दिन राम्रो बनाउने कोशिस गर्छिन् ।