चितवन/प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय निर्वाचनमा भएको तालमेल इतिहासको कठोर कमद भएको बताएका छन् ।उनले कांग्रेस–माओवादी गठबन्धनले देशलाई निकाश दिएको र चुनावको वातावरण बनाएको दावी गरे ।

चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रकी उम्मेदवारलाई जिताउन आग्रह गरे । प्रचण्डले कांग्रेसका तर्फवाट मेयरको उम्मेदवारी दर्ता गरेका दिनेश कोइरालालाई माओवादी उम्मेदवारालाई समर्थन गर्न आग्रह गरे ।

‘दुइपार्टीको रणनीतिक साझेदारीका लागि तपाइले गरेको त्याग खेर जाँदैन, त्यागको सम्मान गर्नेछु’ प्रचण्डले भने । उनले मेयरकी उम्मेदवार रेणु दाहाललाई प्रचण्डपुत्री भनेकोमा गुनासो गरे । ‘रेणु दाहाललाई प्रचण्डपुत्री भनेर मिडियामा आएको मिठो लागेको छैन्’ प्रचण्डले भने ‘उनी प्रचण्डपुत्री भएका कारण उम्मेदवार भएको होइन । त्यसो भन्दा उनीमाथि अन्याय हुन्छ ।’

सभालाई सम्बोधनगर्दै नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले काग्रेस र माओवादी केन्द्रको तालमेलले देशलाई निकाश दिएको बताए ।

उनले चुनावी तालमेलको इमान्दारीसाथ पालना गर्न आग्रह गरे । प्रचण्डले तालमेलको जित कमजोर वा केही मतले मात्र विजयी हुने छुट नभएको बताएका थिए । सभाको अन्त्यमा प्रचण्डले काग्रेस कार्यकर्ताहरुलाई ‘जय नेपाल’को अभिवादन गरे ।