काठमाडौं / राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीको हैसियतमा पाएको सुरक्षाकर्मी सोमवार फिर्ता गरेका छन् ।

यसअघि आफूले सम्हाल्दै आएको स्थानीय विकास मन्त्रालय विजयकुमार गच्छेदारले उपप्रधानमन्त्रीसहित सम्हान्ने भएपछि थापाले सुरक्षाकर्मी फिर्ता गरेका हुन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग लगाएपछि राप्रपा अध्यक्ष थापाले उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । ‘उपप्रधानमन्त्रीको सुरक्षा ब्यवस्था राम्रो संग सम्पन्न गर्ने सुरक्षाकर्मीहरुलाई धन्यवाद सहित बिदाई’ थापाले सोमवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेका छन् ।