काठमाडौं /सरकारबाट बाहिरिएको राप्रपा फेरि सरकारमा फर्किने विषयमा छलफल सुरु भएको छ । प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध महाअभियोेग प्रस्ताव आएको भोलिपल्टै सरकारबाट बाहिरिएको राप्रपालाई सरकारमा फर्काउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल सुरु गरेका छन् ।
सरकारबाट बाहिरिएको दुई केहीदिनमा नै कमल थापा नेतृत्वको राप्रपा एक पूनः सरकारमा सहभागी हुने तयारी भएको छ । महाअभियोग प्रस्ताव फिर्त लिने र राप्रपा पनि सरकारमा फर्किनेमा छलफल भएको एक नेताले जानकारी दिए ।
महाअभियोगको प्रस्ताव सत्तारुढ दलले अघि नबढाउने र प्रधान्यायाधीश कार्कीले पनि केही दिन मुद्दा नहेर्ने गरि भद्र सहमति गर्नेमा आन्तरिक छलफल भइरहेको उच्चस्रोतको दावी छ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष थापावीच प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै १ घण्टा छलफल भएको थियो । स्थानिय तहको चुनावमा एमालेसँग तालमेल गरेको विषयमा पनि प्रधानमन्त्रीले चासो राखेको राप्रपाका एक नेताले बताए । सत्तारुड दलबाट प्रधानन्यायाधीश कार्की्विरुद्ध महाभियोग प्रस्ताव ल्याएपछि असन्तुष्ट बनेको राप्रपा गत बैशाख १८ गते सरकारबाट बाहिरिएको थियो ।