विजयपुर/नेकपा एमाले धरान–१८ ले आईतबार रक्तदान तथा स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । एमाले धरान १८ को आयोजना तथा युवा सघं नेपालको संयोजनमा सम्पन्न कार्यक्रममा ७३ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको थियो ।
दाँत तथा नाक,कान घाटि सम्बन्धि स्वास्थ्य परिक्षण शिबिर समेत आयोजना गरिएको एमाले धरान १८ का अध्यक्ष भिम देवानले जानकारी दिए । शिबिरमा डा. प्रज्वल गजुरेलले दाँत तथा डा. प्रदिप गजुरेलले नाक,कान घाटिको परिक्षण गरेका थिए । सोही कार्यक्रममा ७७ जनाले रक्तदानपनि गरेका थिए ।
हरेक नागरिक आफ्नो र परिवारको स्वास्थ्यमा संबेदनशील हुनु पर्छ भन्ने संदेश दिन शिबिरको आयोजना गरिएको कार्यक्रमका सञ्चालक नबिन राईले बताए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा एमाले सुनसरीका सचिबालय सदस्य एबम् धरान उपमहानगर कमिटीका इन्चार्ज प्रदिप भण्डारीले हरेक नागरिकले स्वास्थ्य उपचार गर्न पाउने मौलिक हक संबिधानमा कायम भएको बताए ।
निर्बाचन परिचालन कमिटीका सह संयोजक समेत रहेका भण्डारीले स्थानिय तहको निर्बाचनमा सुर्य चिन्हमा मतदान गरि एमालेका उमेद्धारलाई बिजयी गराउन आग्रह गरे ।
एमालेले धरान र धरानबासिलाई कसरी संबृद्ध बनाउने भन्ने बिषयमा योजनाहरु बर्नाइ सकेको भन्दै निर्बाचनमा उत्साहजनक सहभागिता जनाउन आग्रह गरे ।कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोासईटी सुनसरीका मन्त्री मुकुल कायस्थले स्वास्थ्य शिबिर र रक्तदान जस्तो सामाजीक र पबित्र कार्य आयोजना गरेको मा एमालेलाई धन्यबाद दिए ।
कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य पदमप्रसाद लिम्बु, एमाले धरानका अध्यक्ष तारा सुब्बा, ,बुद्धिजीबी परिषद सुनसरीका अध्यक्ष मोहन उप्रेती युवा सघं नेपालका क्षेत्रिय इन्चार्ज रमेश लिम्बु,क्षेत्रीय अध्यक्ष बिनोद राई,नगर अध्यक्ष राजेन्द्र राई लगायतको उपस्थिती रहेको थियो । युवा सघं नेपालका धरान इन्चार्ज तथा एमाले धरानका सदस्य दिवस राईले यस्ता कार्यक्रमहरुलाई युवा सघंले निरन्तरता दिने बताए । कार्यक्रम एमाले धरान १८ का युवा नेता नबिन राईले सञ्चालन गरेका थिए ।