धरान/संघीय लिम्बुवान पार्टी नेपालले कारबाही गरेको सचिव प्रेमदीप थाम्सुहाङले स्वघोषित रुपमा आफूलाई महासचिव बनाएको भन्दै पार्टीसमक्ष जिल्ला समिति सुनसरीले कारबाहीको माग गरेको छ ।

जिल्ला समिति सुनसरीले आइतबार पत्रकार सम्मेलन गर्दै जिल्ला समिति थाम्सुहाङको पक्षमा नरहेकोसमेत प्रष्टोक्ति दिएको छ । जिल्ला अध्यक्ष श्यामकुमार भुजेलले जिल्ला समिति सनुसरीकोसमेत आफ्नो पक्षमा रहेको बताएकै कारणले पनि आफूहरु थाम्सुहाङको पक्षमा नभई पार्टीको पक्षमा रहेकाले उनलाई कारबाही गर्न माग गरेको छ ।
त्यस्तै पार्टीका सह अध्यक्ष खगेन्द्र माखिमसमेत स्वघोषित अध्यक्ष बनेको भन्दै उनलाई पनि कारबाही गर्न माग गरेको छ । पार्टी विधान विपरीत कार्य गर्नेहरुलाई पार्टीले तत्कालै कारबाही गरोस् भन्ने माग रहेको केन्द्रीय विभागीय सचिव सञ्जयकुमार राईले बताए । ‘फेसबुकहरुमा जसरी गलत म्यासेज गरेको छ त्यो रोक्नुप¥यो ।’ उनले भने, ‘र, पार्टीले त्यस्तालाई कारबाही गर्नुप¥यो ।’
सचिव थाम्सुहाङले पार्टीको विधान विपरीत कार्य गरेपछि पार्टीले बैसाख २२ गते साधारण सदस्यसमेत नहरने गरी कारबाही गरेको विभागीय सचिव राईले बताए । तर, लगत्तै बैसाख २३ गते नै झापाको दमकमा कार्यक्रम गर्दै स्वघोषित रुपमा सह अध्यक्ष माखिम अध्यक्षको रुपमा र सचिव थाम्सुहाङ महासचिव बनेको भन्दै फेसबुक लगायतमा प्रचार गरेको उनले बताए ।
यता सह अध्यक्ष माखिमले पार्टीका अध्यक्षले गुटबन्दी गर्दै हिडेकाले पनि अध्यक्षको सम्पूर्ण जिम्मेवारी सह अध्यक्षलाई दिने निर्णय भएको बताए । उनले बहुमतले नै पारित गरेको बताउँदै पार्टीका अध्यक्ष र महासचिव सूर्य माखिमलाई कारबाही गरेको बताए ।