धरान/मुलुकको पछिल्लो राजनीतिक अवस्था र दलहरूको सम्बन्धका विषयमा छलफल गर्न संघीय गठबन्धनको बैठक बस्दै छ ।काठमाडौंको बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा गठबन्धनका बैठक बस्नेछ ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता केशव झाले संघीय गठबन्धनको भावी कार्ययोजना, आन्दोलन र सरकारसँग भएको सहमति कार्यान्वयन लगायतका विषयमा समीक्षा गर्न गठबन्धनको बैठक बस्न लागेको बताए ।संघीय गठबन्धनले शनिबार उपेन्द्र यादवलाई संयोजक पदबाट हटाए लगत्तै आज गठबन्धनको बैठक बस्न लागेको हो ।यादवलाई संयोजक पदबाट हटाएर राजपा नेपालका अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरलाई संयोजक तोकिएको थियो