भद्रपुर/तीन वर्ष भित्र पूर‌ा गनेर्‌ यो‌जनाका साथ सुरु गरि‌एको‌ पुल आठ वर्ष बित्न लाग्दा बल्ल निर्माण सम्पन्न हुने आशाा पलाएको छ । प्राविधिक कारण देखाउँदै केही महिनादेखि निर्माण कार्य रोकिएको झापाको भद्रपुरस्थित निर्माणाधीन मेची पूलको ११ र १२ नम्बर पिलर जमिन मुनि भसाउँदा बाङ्गिने समस्या भएर गतवर्षबाटै निर्माण सुस्ताएको पूल निर्माण कार्य विभागको नयाँ स्वीकृत स्टमेट आएपछि पुल सम्पन्न हुने आसा गरिएको हो । निर्माण स्वीकृत प्राविधिक पत्र विभागवाट आएपछि ठेकदारले अलमल नगरेमा अब मेची पूल केहि महिना भित्रमा निर्माण पूरा हुने नेपाली काँग्रेस ३ नम्बर क्षेत्रीय सभापती गणेश पोखरेलले बताए । अव सरकारवाट कुनै अवरोध नरहेको नेता पोखरेलको भनाई छ । मेची पुलमा देखिएको प्राबिधिक समस्या हल भएकोले अव कार्य सुचारु हुने हुलाकी सडक आयोजना इटहरीका योजना प्रमुख शेलेन्द्रमणि त्रिपाठीले बताए । प्राबिधिक समस्याले गर्दा पिलरको काम रोकिएकोले आफुले ठेकेदारलाई काम सुरु गर्न निर्देशन दिएको योजना प्रमुख त्रिपाठीले बताए । पिलरलाई सच्याउन करिव पन्ध्र दिन लाग्ने र असार मसान्तसम्म पुलमा गडर(बिम) बसाउन सकेमा आउदो पुसमसान्त सम्ममा निर्माण सम्पन्न हुने त्रिपाठीको भनाई छ । ०७४ वैशाखसम्म समय सिमा रहेकोले अव पुसमसान्त सम्मको म्याद दिने कुरा भईरहेको उनको भनाई छ । प्राविधिक त्रुटि सच्चिएकोले अव एक हप्तावाट काम सुचारु हुने कनक सूर्य एण्ड सन्स कम्पनीवाट मेचीपुल हेर्दै आएका इन्जिनियर शुरेन्द्र खतिवडाले बताए । असार मसान्तसम्म बिम वसाउन सकेमा असोज भित्र पुल सम्मपन्न हुने इन्जिनियर खतिवडाको भनाई छ । ०६६ माघ २१ गते‌ तत्कालीन भौ‌तिक यो‌जना तथा निर्माण मन्त्री विजयकुमार‌ गच्छदार‌ले‌ ३ वर्षमा पुल निर्माण कार्य सम्पन्न नभए आफूले‌ र‌ाजनीतिबाट सन्यास लिने‌ उद्घोषका साथ तामझामसहित पुल शिलान्यास गर‌े‌का थिए । तर गच्छदारले सन्यास नलिएपनि पुल बन्ने पक्का भएको छ । गच्छदार‌ मे‌ची पुल शिलान्यास गनेर्‌ ते‌स्रो‌ व्यक्ति हुन् । यसअघि २०२२ सालमा तत्कालीन अञ्चलाधीश मनमो‌हन मिश्रले‌ पहिलो‌ पटक पुलको‌ शिलान्यास गर‌े‌का थिए । शिलान्यास गर‌े‌को‌ १९ वर्षसम्म पुल नबने‌पछि २०४१ साल जे‌ठ १५ गते‌ तत्कालीन प्रधानमन्त्री लो‌के‌न्द्रबहादुर‌ चन्दले‌ दो‌स्रो‌ पटक शिलान्यास गर‌े‌ । दो‌स्रो‌ पटक शिलान्यास गर‌े‌को‌ २५ वर्षपछि गच्छदार‌ले‌ ते‌स्रो‌ पटक शिलान्यास गर‌े‌को‌ मे‌ची पुल निर्माण कार्य आठ वर्षमा पनि पूर‌ा हुन सकको छैन् । झापाबासीले‌ ६ दशक अघिबाट मे‌ची पुल निर्माणका लागि दबाब अभियान चलाउँदै‌ आए पनि त्यो‌ पूर‌ा भएको‌ छै‌न । पछिल्लो‌ पटक कनक सूर्य एण्ड सन्स कम्पनी ठे‌के‌दार‌ र‌हे‌को‌ मे‌चीपुल निर्माणको‌ लागत ३७ कर‌ो‌ड ३६ लाख ५० हजार‌ र‌हे‌को‌ छ । ६ सय ६० मिटर‌ लम्बाइ र‌ १० मिटर‌ चौ‌डाइ र‌हे‌को‌ उक्त पुलको‌ भार‌बहन क्षमता ७० टन र‌हे‌को‌ छ । बिहार‌ र‌ बंगालको‌ बो‌र्डर‌सँग जो‌डिने‌ भएका कार‌ण पुल सञ्चालनसँगै‌ सो‌ क्षे‌त्रमा व्यापार‌ व्यवसाय फस्टाउने‌ स्थानीयको‌ बुझाइ छ । मे‌ची पुल सञ्चालनमा आएपछि त्यहाँबाट अढाइ किलो‌मिटर‌मा र‌े‌ल स्टे‌शन पुग्न सकिन्छ । मे‌ची पुल सञ्चालनसँगै‌ दक्षिणी क्षे‌त्रमा आर्थिक चहलपहल बढ्ने‌ जानकार‌हरु बताउँछन । अब केहि महिनापछि झापाबासीको‌ मे‌ची पुलबाट आवातजावत गनेर्‌ सपना विपनामा परिणत हुनेछ ।