पथरी / पूर्वपश्चिम राजमार्गको सडक क्रश गर्ने क्रममा कारकोे ठक्कर दिदा एउटा हरिणको ज्यान गएको छ । मोरङको कानेपोखरी स्थीत चिसाङ पुल पश्चिममा बुधबार साँझ सडक क्रस गर्ने क्रममा पश्चिम जार्दै गरेको कार(जिप)ले ठक्कर दिदा ज्यान गएको हो ।

हरिण लाई ठक्कर दिने जिपको नम्बर पहिचान गर्न नसकिएको प्रहरी चौकी कानेपाखरीका असई डम्बर भट्राईले बताए । लगभग ३० किलोको हरिण सेक्टर बनकार्यालय बेलबारीका कर्मचारीहरु आएर लगेका असई भट्राईले बताए । सेक्टर वन कार्यालय बेलबारीका अधिकृत सत्रुघनलाल देव लाई यो संवाददाताले यस बारेमा बुझ्न उनको ९८६२०५७७०० मा पटक पटक सम्पर्क गर्दा पनि फोन उठाएनन् ।