इनरुवा/ सुनसरीको कोशी गाउँपालिका–३ मा तातो पानीमा परेर बुधबार एक शिशुको मृत्यु भएको छ । स्थानीय जियाउद्दीन अन्सारीका ७ महिनाको छोरा नसिम अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हरिनगरास्थित मावल घरमा काखमा शिशु लिएर चिउरा बनाउनका लागि धान तयारी गर्ने बेलामा काखबाट तातो पानीमा झर्दा उनको मृत्यु भएको परिवारले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।