ताप्लेजुङ/ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथिभराको भौतिक विकासका लागि अमेरिकामा रहेका एक नेपाली युवाले आर्थिक सहयोग गरेका छन् ।

सिन्दुपाल्चोक जिल्लाको तातोपानी गाउँपालीका तीनका दावा पासाङ तामाङले पाथिभरा क्षेत्रमा भौतिक विकासका लागि नगद तीन लाख रुपैयाँ प्रदान गरेको पाथिभरा क्षेत्र विकास समितिले बताएको छ । पाथिभरा देविबाट आफु प्रभावित भएकोले पाथिभराको विकासका लागि सहयोग पुगोस भनि सो रकम प्रदान गरेको शेर्पाको भनाई उदृत गर्दै पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले बताए । सो रकम मंगलबार प्राप्त भएको र पाथिभरा मन्दिर क्षेत्रमा गुरुयोजना अनुसार हुने काममा प्रयोग गरीने निर्देशक भट्टराईले बताए ।