धरान/न्यायपालिकामाथिको हस्तक्षेप विरुद्धमा धरानमा जनसरोकार मञ्च नेपाल र धरान–१३ को जनजागृति समूहले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । [caption id="attachment_43109" align="alignnone" width="960"] तस्बिरः ललित रार्इकाे फेसबुकबाट[/caption] बुधबार छाताचौकमा भेला भएर विरोध जनाएका हुन् । उनीहरुले स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर, राजनीतिको नाममा मनपरी गर्न दिदैंनौं लगायतका नाराबाजी गर्दै र्यालीसमेत निकालेका छन् । छाताचौकबाट सिंहदेवी चौक हुँदै पुन भानुचौकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै जनसरोकार मञ्च नेपालका संयोजक कृष्णनारायण पलिखेले स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेप आफूहरुलाई मान्य नहुने बताए । उनले न्यायमाथि खलबली आउने भएकाले तत्काल बन्द गरिनु पर्ने बताए । यसैबीच संस्थाले मतदाताहरुलाईसमेत सचेत गराएको थियो । उनले पुराना अनुहारहरुबाट काम नहुने भएकाले नयाँ अनुहारलाई मत दिएर जिताउनको लागि अपिलसमेत गरे । त्यस्तै जनजागृतिका सचिव प्रदीप प्रधानले पनि जनताले मताधिकार प्रयोग गरेर पुरानो अनुहारलाई फाल्नु पर्ने बताएका थिए । उनले जुन विश्वासले पार्टीहरुलाई भोट दिएको त्यो अनुसार काम नभएकाले अव पुरानो अनुहारबाट काम हुन नसक्ने बताए । कार्यक्रममा तुलसा गुरुङलेसमेत बोलेकी थिइन् । उनीहरुले सूरक्षा चूनौति बढ्दो छ । नेपाली जनता हौ होसियार होसियार, जनताको सर्वोच्चतालाई सम्मान गर्लगायतका नाराबाजी गरेका थिए । कार्यक्रममा उनीहरुले मतदाताहरुलाई शिक्षा प्रदान गर्ने ध्येयले पम्प्लेटरहरुसमेत बाडेका थिए । जनसरोकारले गुरुङलाई पनि स्थानीय तहको निर्वाचनमा उठाउने तयारी गरिरहेको छ ।