-
Home
-
पूर्व
-
धरानमा स्कुटीमा लुकाएर ल्याउँदै गर्दा लागूऔषधसहित एक पक्राउ
धरानमा स्कुटीमा लुकाएर ल्याउँदै गर्दा लागूऔषधसहित एक पक्राउ
- वैशाख २०, २०७४
- ब्लाष्ट खबर
धरान/धरान–८ बाट धरान प्रहरीले मंगलबार लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
अस्थायी प्रहरी पोष्ट धरानबाट खटिएको टोलीले धरान–१० का २० वर्षीय सम्भु श्रेष्ठलाई एकसय ४० थान स्पामोप्रोक्सिभन ट्यावलेट र १० बोतल कोरेक्ससहित पक्राउ गरेको हो । उनलाई को १४ प ११७६ नम्बरको स्कुटरमा आउँदै गर्दा चेकजाँचको क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।
उनलाई इप्रका धरानमा राखी थप अनुसन्धान गरिरहेको बताइएको छ । उनलाई लागूऔषध मुद्धामा कारबाही चल्ने बताइएको छ ।