धरान/टिकट बितरणमा मनपरी गरेको भन्दै नेपाली काङग्रेशको केनिद्रय कार्यालयमा कुटकुट भएको छ ।

काठमाडौं कांग्रेसका पूर्वसभापति तथा सांसद भिमसेनदास प्रधान सँगै गएका एक हुल युवाले नाराबाजी गर्नुको साथै प्रकाशमान निकट एक कार्यकर्ता अनिल श्रेष्ठलाई कुटपिट गरेपछि तनाव सिर्जना भएको थियो ।

श्रेष्ठलाई चक्कु प्रहार गर्न खोज्दा प्रहरीले जोगाएको प्रत्यक्षदर्शीले बताए ।काठमाडौं महानगरपालिका लगायतका स्थानीय तहमा उम्मेदवार चयन गर्दा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको र कृष्ण सिटौलालाई भागबण्डामा सामेल गरेको भन्दै रामचन्द्र पौडेलले आपत्ति जनाएका थिए ।

जिल्लाबाट आएको सिफारिसलाई केन्द्रमा उल्ट्याएको आरोप लगाउँदै पौडेलले आपत्ति जनाएका हुन् । यता काठमाडौंको टिकट वितरणमा प्रकाशमान सिंहले मनपरि गरेको भन्दै पक्षले पार्टी कार्यालयमा नाराबाजी गरेको छ ।