धरान/धरान–५ स्थित अधेरी खोलाबाट अनाधिकृत रुपमा ढुंगागिटी ल्याउँदै गर्दा एक ट्रयाक्टरसहित चालकलाई धरान प्रहरीले नियन्त्रणमा लिएको छ ।
[caption id="attachment_42911" align="alignnone" width="1330"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
खोलाबाट ढुंगागिटी उठाएर ल्याउदै गर्दा को २ त २५१६ नम्बरको ट्रयाक्टरसहित इलाका प्रहरी कार्यालय धरानले चालकलाई नियन्त्रणमा लिएको हो । खासमा यो दायित्व सेक्टर वन कार्यालय धरानको भए पनि विशेष सूचनाको आधार प्रहरीले पक्राउ गरेको हो ।
उक्त खोला चुरे क्षेत्र भित्र पर्ने भएकाले पनि निक्कै संवदनशील क्षेत्र मानिन्छ । तर, दैनिकजसो त्यस क्षेत्रबाट ढुंगागिटी तस्करी हुने गरेको स्थानीयबासी बताउँछन् । धरान–५ देउरालीकै युवाहरुको संलग्नतामा चोरी तस्करी हुने कारण पनि स्थानीयबासीहरु बोल्न डराउने गरेका छन् ।
देउरालीमा अस्थायी प्रहरी पोष्ट राखिए पनि चोरी तस्करी नियन्त्रणमा आउन सकेको छैन् । ‘प्रहरीको आँखा छलेर चोरी तस्करी गर्छन् ।’ नाम नछाप्ने शर्तमा स्थानीयबासी भन्छन् । प्रहरीले पक्राउ गरेको ढुंगागिटीसहितको ट्रयाक्टर सेक्टर वन कार्यालयलाई बुझाएको छ । मुचुल्का उठाएर वनलाई बुझाएको हो ।
ढुंगागिटी तस्करीमा दैनिक ५ देखि १० वटा ट्रयाक्टरहरु प्रयोगमा आउने गरेका छन् । चुरे क्षेत्र भएकाले जिल्ला विकास समितिले उक्त क्षेत्रमा ठेक्का लगाउने गरेको छैन् । तर, चोरी तस्करीकै कारण त्यो क्षेत्रको ढुंगागिटी समाप्त पार्ने गरेका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले चोरी तस्करी भइरहेको समयमा ट्रयाक्टरसहित चालकसमेत पक्राउ गरी सेक्टर वनमा बुझाएको बताए ।
उक्त ट्रयाक्टर धरानका व्यवसायी तोरण श्रेष्ठको रहेको बताइन्छ । पक्राउ परेका चालकले ट्रयाक्टरको साहुँ श्रेष्ठ रहेको बताएका थिए । उनले आफू पहिलो पटक आएको दाबी गरेका थिए । प्रहरीका अनुसार सधैजसो ट्रयाक्टरहरुले चोरी तस्करी गरेको सूचनाहरु आइरहने गरेको बताएको छ ।