धरान/राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउने कांग्रेस र माओवादी केन्द्रको निर्णयमा असहमति जनाउँदै सरकारबाट छाड्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

३७ सीट भएको संसदको चौथो दल राप्रपा बाहिरिएसँगै पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

यसअघि राप्रपा अध्यक्ष कमल थापाले आइतबार साँझ महाअभियोग निर्णयमा ट्वीटरमार्फत आपत्ति जनाउँदै सरकार छाड्ने संकेत गरेका थिए ।