भारतको उत्तरपूर्वी राज्य आसाममा गाई चोरेको भन्दै दुई मुस्लिम युवाको हत्या गरिएको छ।
आइतबार आसामको नगाउँ जिल्लामा एक भीडले ती दुई मुस्लिम युवालाई गाई चोरेको भन्दै कुटपिट गरेका थिए। गाउँलेहरुले उनीहरुलाई कुटपिट गरेपछि घटनास्थलमा पुगेको प्रहरीले उनीहरुलाई अस्पताल पु¥याएको थियो तर उनीहरुको उपचारका क्रममा मृत्यु भयो।
प्रहरीले घटनामा संलग्न भएको भन्दै दुई जनालाई पक्राउ गरेको छ। उनीहरुमाथि ज्यान मारेको अभियोगमा मुद्धा पनि दर्ता भएको छ।
हिन्दुहरुले गाईलाई पूजा गर्छन्। कतिपय भारतीय राज्यमा कानुनतः गाई काट्नु अपराध मानिन्छ। एक मानव अधिकारवादी संस्थाले सन् २०१५ यता गाईका विषयमा भएको विवादमा १० जना मुस्लिमको हत्या भएको छ।
–सेताेपाटीबाट