विजयपुर/इटहरी उपमहानगरपालिका–२० स्थित तरहरामा गएराति जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चलाई रहेका युवाकोे घटनास्थलमै मृत्यु भएको छ ।
धनकुटाबाट जन्ती लिएर इटहरीतर्फ आइरहेको को १ ख ४०८४ नंको बसले को २४ प ९५१४ नंमरकोे मोटरसाइकललाई ठक्कर दिँदा इटहरी –८ का १८ बर्षिय शक्तिशाङ थुलुङ राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्षतविक्षत अबस्थामा फेला परेको शबको प्रहरीले सोमबार अबेरमात्र पहिचान गरेको थियो । शबलाई पोस्टमार्टमका लागि धरान स्थिती बिपी कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।
बसका चालक धनकुटाको बूढीमोरङका ३२ वर्षीय कवीन्द्र लिम्बूलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ ।