धरान/संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग तत्काल फिर्ता लिन माग गरेका छन् ।
संघीय फोरमका अध्यक्ष यादवले सोमबार विज्ञप्ति जारी गर्दै महाअभियोगको प्रस्तावले संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला र न्यायपालिकामाथि नियन्त्रण र सर्वोच्चको न्यायिक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन् ।
सत्तामा रहेका व्यक्तिहरुले व्यक्तिगत, गुटगत र दलगत स्वार्थ परिपूर्ति गर्नका लागि राजकीय सत्ता र शक्तिको दुरुपयोग गरी स्वतन्त्र न्यायालयलाई प्रभाव पार्नु वा पार्न खोज्नु अत्यन्तै गैरलोकतान्त्रिक चरित्र र व्यवहार हो’ उनले भनेका छन् ।
संघीय फोरमका अध्यक्ष यादवलेमहाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन र न्यायालयको स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन् ।
सत्तारुढ माओवादी र कांग्रेसका सांसदहरुले आइतबार प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता गरेका थिए । यससँगै कार्की स्वतः निलम्बित भएकी छन् ।अनलाइनखबरबाट