ताप्लेजुङ/ चट्याङका कारण ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा आइतबार साँझ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

चट्याङपछि आगलागी हुँदा स्थानीय ज्ञानबहादुर शेर्पाको घर जलेको स्थानीय लक्ष्मी खतिवडाले जानकारी दिए।

चट्याङले पासाङ शेर्पा सामान्य घाइते भएका छन् । तीनतले घर जल्दा लाखौँको क्षति भएको तर पूर्ण विवरण सङ्कलन भइनसकेको रेडक्रस शाखा खोक्लिङका अध्यक्ष झरेन्द्र थापाले बताए ।