विजयपुर/धराने र धरान बाहिर रहनेहरुका लागि सुनसरीका दुई पत्रकारले एउटा गज्जबको उपहार दिएका छन् । धरानका बारेमा सुन्ने र घुम्नेहरु धेरै होलान तर खास धरानका आर्कषण चै के हुन भनेर कतिपयलाई जानकारी नहुन पनि सक्छ । अब त्यो जानकारी तपाईर्लाइ सहजै मिल्छ ।

नेपालकै शुन्दर सहरमा पर्ने धरानमा घुम्ने धेरै ठाँउहरु छन । पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पाँचकन्या, सनि मन्दिर र विश्वकर्मा मन्दिर जस्ता धरोहरका अतिरिक्त विभिन्न हरित पर्यटनका आकर्षक गन्तव्यहरु समेत धरानमै छन ।

हरियाली, लांघाली, हिमाली, यलम्बर जस्ता सामुदायिक वनले विकास गरेका हरित पर्यटनसँगै धरानका सप्तरंगि पार्क, भताभुंगे दरबार, झोलुंगे पुल र विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान र त्यस भित्रको निर्वाणा कन्ट्री क्लब पनि धरानका गन्तव्यमा पर्छन । धरानकै बराह सपिङ सेन्टर र भाटभेनि सुपर स्टोर पनि धरान घुम्नेहरुलाइ सपिङका गन्तब्यहरु हुन ।

यसरी धरानको मध्य सहर आसपासका छरिएर रहेका विभिन्न दश प्रकारका गन्तव्यहरुलाइ हालै बनेको एक ट्राभल भिडियोले समेटेको छ ।पत्रकार द्धय विराट अनुपम र यात्री शेखरले निर्माण गरेको धरानका समग्र गन्तव्य समेट्ने धरानकै पहिलो ट्राभल भिडीयोले अंग्रेजी सबटाइटल समेत समेटेको परिकल्पनाकार अनुपमले बताए ।

इस्ट नेपाल टुर डटकम नामक पर्यटन ब्लगले बनाएको धरानको ट्राभल भिडीयो युट्युवमा समेत उपलब्ध गराइएको ब्लगका प्रधान सम्पादक यात्री शेखर बताँउछन ।

‘धरानमा हुने धराने, धरान बाहिर हुने धराने र धरान प्रेमीहरुलाइ धरानमै गएको फिल हुनेगरिका गन्तव्यहरु समेटेर ट्राभल भिडीयो बनाएका हौँ’, यात्री शेखर भन्छन, ‘धरान बारे चासो राख्ने विदेशीलाइ पनि लिंक दिएमा पर्यटनको प्रवद्र्धन हुन्छ किनभने हामीले अंग्रेजीमा पनि सब टाइलट राखेका छौँ ।’

टेन थिंग्स टु डु इन धरान, धरान टुरिजम र इस्ट नेपाल टुर शिर्शकमा अपलोड गरिएको साढे नौँ मिनेटको ट्राभल भिडियोलाइ सन्तोस धमलाले सम्पादन गरेका हुन ।