ताप्लेजुङ / ताप्लेजुङमा छाताको डण्डिमा सलाइको वारुद भरी आगो लगाउदा पड्किएर एक बालकको मृत्यू भएको छ । आठराई त्रिवेणि गाउँपालीका १ साविक निगुरादिन ८ का सुकदेव तामाङका १० वर्षीय छोरा मिलन तामाङको आईतबार मृत्यू भएको हो ।
घर नजिकैको अलैचि बारीमा छाताको डण्डिमा सलाइको वारुद भरी आगो लगाउदा सो डण्डि पड्किएर उनको पेटमा पसेको थियो । सनिवार बेलुका उनकासाथी रुपनारायण तामाङ र उनले बारुद भरेका थिए ।
पड्किएर मिलन घाइते भएपछि रुपनारायण भागेका थिए । घाईते अबस्थामा रहेका मिलनलाई विद्यालय जाने विद्यार्थिले देखेपछि परीवारलाई खबर गर्न साथ उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा क्रममा बाटोमानै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उनको सब पोष्टमाटमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ ।