सोलुखुम्बू/विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा उली स्टेकको मृत्यु भएको छ ।
[caption id="attachment_42675" align="alignnone" width="1920"]

Picture: Google[/caption]
उनलाई हिमाल आरोहणको क्षेत्रमा ‘स्वीस मेसिन’ को उपमा दिइन्छ । उनी आरोहण गर्ने क्रममा सगरमाथाको खोँचमा खसरे मृत्यु भएको जनाइएको छ । उनको पहिलो आधार शिविरको दुर्घटनामा ज्यान गएको बताइएको छ ।
उनको मृत शरीरलाई हिउँले ढाकिएको अवस्थामा खोँचभित्र ६ जना उद्दारकर्ताहरुले फेला पारेका थिए । स्टेकको शव टुक्रा टुक्रा भएको अवस्थामा संकलन गरेको बताइएको छ । उनको उद्दारको लागि फिसटेल एयरको हेलिकप्टर प्रयोग गरिएको छ ।
हेलिकप्टर सगरमाथाको आधार शिविरमा पठाइसकिएको जानकारी प्राप्त भएको छ । यो सिजनमा सगरमाथा आरोहणको क्रममा मृत्यु हुने पहिलो विदेशी नागरिक रहेको अनुमान गरिएको छ । सायदै सगरमाथा चढ्ने मै उनी पहिलो हुन सक्ने बताइन्छ ।
त्यसो त, उनी नेपालमा पहिलो पटक अन्नपूर्ण हिमाल आरोहणको क्रममा सन् २००७ मा दुर्घटनामा परेका थिए । त्यो बेलामा २ सय फिट तल खसेर गम्भीर घाइते हुन पुगेका थिए । स्टेक यस अघि नै अक्सिजन बिना सगरमाथाको सफल आरोहण गरिसकेका व्यक्ति हुन् ।