सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–९ मा पिकअप भ्यान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ज ३४८९ नंको पिकअप भ्यानको टायर पञ्चर भई अनियन्त्रित भई सोही दिशाबाट जन्ती बोकेर आउँदै गरेको स१ज १३७ नंको बसले ठक्कर दिँदा सो दुर्घटना भएको हो । पिकअप भ्यानमा सवार घाइतेहरुको धर्मेश्वर अस्पताल, ठेलियामा उपचार भइरहेको छ भने दुवै सवारी साधनलाई इप्रका, कञ्चपुरले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । रासस