राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–७ मा भारतीय सुमोगाडीको ठक्करबाट शनिबार साँझ एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिआर३०पी १२०० नंको सुमोगाडीले ठक्कर दिँदा सप्तरीको मल्हनवा–४ निवासी ४२ वर्षीय साइकलयात्री बद्री साहको मृत्यु भएको इप्रका, कडोरबनाले जनाएको छ । रासस