फिलिपिन्समा शक्तिशाली भूकम्प
मनिला/फिलिपिन्समा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार ६.८ रिक्टर स्केलको मापन गरिएको थियो । यस भूकम्पमा परी दुई व्यक्ति घाइते हुनुको साथै कैयौं भवन क्षतिग्रस्त भएका छन् ।
सो भूकम्प स्थानीय समायानुसार शनिबार बिहान ४:२३ मा आएको थियो । यस भूकम्पको केन्द्रविन्दु मिन्दानाओ द्विपको वरपरको इलाकामा ४१ किलोमिटर गहिराईमा रेहको युएसजिएसले जानकारी दिएको छ ।
यसअघि गत अप्रिल १२ मा मध्य मिन्दानाओ प्रान्तमा आएको ६.० रिक्टर स्केलको भूकम्पको कारण कैयौं भवन क्षतिग्रस्त भएका थिए ।
त्यसैगरी गत फेब्रुअरीमा मिन्दानाओ प्रान्तको सुरिगाओ सहरमा आएको ६.५ रिक्टर स्केलको भूकम्पमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २५० जना घाइते भएको थिए ।
गत महिना आएको ५.९ रिक्टर स्केलको भूकम्पमा परी एक व्यक्तिका मृत्यु भएको थियो । रासस/एएफपी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























