धरान/२५ सय ६१ औं बुद्ध जयन्तीको पूर्वसन्ध्यामा धरान–८ स्थित हिमालय महायान छ्योलिङ बुद्धिष्ट गुम्बाले भानुचौकमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ४२ युनिट रगत संकलन गरेको छ । जसमा १० महिलासहित पुरुषले रक्तदान गरेको सचिव याम तामाङले बताए । बुद्ध जयन्तीको अवसरमा हरेक वर्ष गुम्बाले सामाजिक कार्य अन्तर्गत रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए । बैसाख २७ गते बुद्धजयन्ती पर्छ । जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्रसमेत वितरण गरिएको थियो । हर्क गोलेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयकी सिनियर स्टाफ नर्स मैया तामाङको प्रमुख उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।