इटहरी / नेपाल रेडक्रस सोसाइटी खनार उप शाखाले शनिबार रक्तदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा खनार क्षेत्रमा पहिलो पटक एकै कार्यक्रममा सबै भन्दा बढी एक सय तीन पिन्ट रगत जम्मा भएको नेपाल रेडक्रस सोसाइटी खनार शाखाका सभापति बालकुमार पोख्रेलले बताए । नेपाल रेडक्रस सोसाइटी सुनसरी सभापति उमेश थापाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा १८ जना महिला र ८५ जना पूरुषले रक्तदान गरेकाे सभापति पोख्रेलले जानकारी दिए ।