काठमाडौं/ उत्तर कोरियाले युद्धको लागि तयारीका कारण अमेरिका त्रसित छ । हालै प्याङयोङले सार्वजनिक गरेको भिडियोमा अमेरिकाको राष्ट्रपति भवन व्हाइट हाउस ध्वस्त भएको देखिन्छ । उक्त भिडियोमा तेस्रो विश्व युद्धको कल्पना गरेको र उत्तर कोरियाको मिसाइलले व्हाइट हाउस ध्वस्त पारेको भिडियो तयार पारेको छ । भिडियोमा मिसाइलबाट अमेरिकी युद्धपोत नष्ट भएको देखाइएको छ । साथै उत्तर कोरियामा सैनिकको परेड र युद्धअभ्यासको दृश्य समेत समेटिएको छ । साढे दुई मिनेटको उक्त भिडियोको शुरुमा अमेरिकी सेनाको फुटेज र अन्तमा वाशिंगटनमा परमाणु मिसाइल प्रहार भएको देखाइएको छ । यस भिडियोका कारण कोरिया प्रायद्धीपमा बढेको तनाव झन् चर्किने सम्भावना बढेको छ । अमेरिकी सेनाले दक्षिण कोरिया र जापानसँग लगातार युद्धअभ्यास गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले मिसाइल परीक्षण बन्द नगरेमा अमेरिकाले पनि उत्तर कोरियामा शक्तिशाली मिसाइल परीक्षण गर्ने धम्की समेत दिएका छन् ।

-लाेकान्तरबाट