पथरी / मोरङको पथरीशनिश्चरे–१ स्थित पथरी फिट्नेश क्लबले ‘बेन्च प्रेस’ प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा सहभागी २२ जनालाई ‘क’, ‘ख’ र ‘ग’ गरी तीन भागमा विभाजन गरिएको थियो । ‘क’ का श्याम राई १ सय १० केजीलाई ९ बेन्च प्रेश गरी प्रथम स्थान हासिल गर्न सफल भए । ‘ख’ का ओम राईले ८५ केजीलाई सहजै रुपमा बेन्च प्रेस गरी विपक्षीलाई हराउँदै विजेता बने भने ‘ग’ मा विजय मगरले ६० केजीलाई बेन्च प्रेस गरी आफ्नो जित सुनिश्चित गरेका थिए । विजेताहरुलाई अथिति बाबुराम लिम्बु र तेजपाल लिम्बुले ट्रफी र नगद प्रदान गरेका थिए । यसैगरी ज्यामेट टेसनमा अथिति शुप्देव राईले १ सय ४० केजी बेन्च प्रेस गरी दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा मनोरञ्जनका लागि दर्शकहरुको घुइँचो लागेको थियो । दुई महिना अघिदेखि पथरी फिटनेश क्लब सञ्चालनमा ल्याएको हो ।