विजयपुर/अञ्चल प्रहरी कार्यालय धरानका सई अशोक राईले रक्सी खाएर सर्बसाधरणलाई दुख दिने गरेको तथ्य फेला परेको छ ।राईले रक्सी खाएर म ‘बर्दिवाला पुलीस’ हुँ भन्दै धेरैपटक केही होटल सञ्चालक तथा सर्बसाधरणलाई बिभिन्न बहानामा दुख दिने र पैसा,जुत्ता,घडिहरु माग्ने तथा खोसेर लाने गरेको पिडितहरुले ब्लाष्ट समक्ष जानकारी दिएका छन् ।
गत मङगलबार मात्र धरानका एक युवाको मोबाइल चोरेर लगेका सई अशोक राईले युवाहरुको समुहले माथिल्लो निकायमा उजुरी गर्ने भनेपछि कार्यालयबाटै फिर्ता गरेका थिए ।
सई राईले धरानका केहि युवाहरुलाई दैनिक जसो रक्सी किन्न लाउने र सामानहरु माग्ने गरेको पाईएको छ । पिडित मध्येका एक युवा मणी राईले ब्लाष्टलाई दिएको जानकारी अनुसार राईले बिहान ८ बजे देखिनै बिभिन्न बाहानामा फोन गरेर साँझ परेपछि रक्सी किन्न लाउने र खाने गरेको बताए । रक्सीखाएर उल्टै म पुलिस हँ जे पनि गर्न सक्छु भन्दै धम्कि दिने गरेको उनले बताए ।
हामीसँग चिनजान भएपछि कहिले काही सँगै बसेर खाने गरिन्थ्यो,तर मोबाइल चोर्ने,बुड,घटि माग्ने जस्ता कार्य गरेको अर्का पिडित युवाले बताए । बुधबार राती १० बजे बगरकोटमा रक्सी खाएर मातेका सई राईले राती साढे ११ बजे निशाने डाँडामा गएर वाइन किन्न लगाएको मणिले बताए ।
मेरा साथीहरु इन्डीयाबाट बिदामा आएका थिए ,साँझमा बगरकोट गएर खाजा खाएर फर्किदै थियौं उनले भने ‘बाटोमा सई असोक राईसँग भेट भयो,अनी निशानेमा लगेर तिन बोतल वाईन किन्न लगाए,पछि साथीहरुलाई उल्टै मुख छाडेर झगडा गरेर उल्टै समातेर थुनिदिन्छु भन्दै धम्कि दिए ।
अघिल्लो दिन साथीको मोबाइल चोरेको हामीले थाहा पाएर माग्दा म सँग छैन भने,पछि अञ्चल प्रहरी कार्यालयमा गएर कुरा गर्न थालेपछि फिर्ता दिएका थिए उनले भने । ‘हामीले त पुलिस भएपनि साथी हो भनेर सम्मान नै गरेका थियौ तर उनले उल्टै हामीमाथि बिभिन्न आरोप लगाईरहेका छन् ती युवाले भने ।
उनका अनुसार बुधबार राती साढे ११ बजे निशानेमा वाईन खाएर मातेका थिए । आरोपी सई अशोक राईलेपनि आफुले रक्सी खाएको स्वीकार गरेका छन् । उनले बिहिबार बिहान धरानको जीरो प्वाईनमा वाईन खाएको बताए ।
अञ्चल प्रहरी कार्यालय श्रोतले सई अशोक राई बुधाबार र बिहिबार नै ड्युटिमा रहेको बताएको छ । ड्युटिमा रहेका प्रहरीले रक्सी खानु प्रहरी सँगठनकै बद्नामी हो एक प्रहरी अधिकृतले भने ।