इनरुवा/ स्थानीय तह निर्वाचका इनरुवा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट चारजनाको नाम सिफारिस गरिएको छ ।

इनरुवा नगरसभापति राजन मेहता, क्षेत्रीय सभापति रामप्रसाद मेहता, जिल्ला सचिव केदार भण्डारी र नेता इन्द्र पोखरेलको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।

पार्टीका इनरुवा नगर सभापति मेहताको नाम इनरुवा नागरपालिकाको सबै वडाबाट सिफारिस भएको छ भने अन्यको केही वडाबाट मात्र नाम सिफारिस भएको बताइएको छ ।