धरान/संविधान संशोधन विधेयक विफल बनाउने रणनीति अन्तर्गत प्रमुख विपक्षी दल एमालेले आफ्नो नेतृत्वमा रहेको नौँ दलीय गठबन्धनलाई व्यूताएको छ ।
सिंहदरबारमा मध्यान्ह बस्ने एमाले नेतृत्वको नौँ दलीय गठबन्धनमा संविधान संशोधनलाई असफल बनाउने विषयमा छलफल हुनेछ ।स्रोतका अनुसार एमालेले आफ्नो पक्षमा रहेका नौँ दलहरूलाई एकै स्थानमा राख्न पहल गर्नेछ ।
एमाले नेतृत्वको नौ दलीय गठबन्धनमा रहेका केही साना दलहरू विभिन्न राजनीतिक दलहरूसँग एकीकरण भइसकेका छन् ।