धरान/संयुक्त लिम्बुवान मोर्चा नेपालले बैसाख १४ देखि १६ गतेसम्म गर्ने भनिएको अरुण पूर्वको ९ जिल्ला लिम्बुवान बन्द फिर्ता लिएको छ ।

मोर्चाले माग्दै आएको संविधान संसोधन प्रक्रियालाई सरकारले सकरात्मक रुपमा लिएको भन्दै बन्द फिर्ता लिएको विज्ञप्तिमा जनाइएको छ । लिम्बुवानको आन्दोलन गर्दै आइरहेका ५ वटा संगठनहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा तत्कालका लागि बन्द फिर्ता लिइएको बताएको छ ।
जसमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वा, लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीका अध्यक्ष मिसकेहाङ थाम्सुहाङ, लिम्बुवान प्रदेश समितिका अध्यक्ष आरसी तुम्बा र लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष सुवास खापुङले हस्ताक्षर गरेका छन् ।